Kathmandu Press

पोखरा प्रतिष्ठानको उपकुलपतिमा तीन जनाकाे नाम सिफारिश

पोखरा, चैत १४ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरिएको छ।सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन...
पोखरा प्रतिष्ठानको उपकुलपतिमा तीन जनाकाे नाम सिफारिश

पोखरा, चैत १४ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरिएको छ।

सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिश समितिले आवेदकमध्येबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिश गरेको हो।

उपकुलपतिका लागि सिफारिश भएका तीन जनामा प्रा.डा. डुकबहादुर क्षेत्री, डा. ध्रुर्व अधिकारी र प्रा. श्रीकृष्ण श्रेष्ठ रहेका छन्। प्रधानमन्त्री ओलीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।

उपकुलपतिका लागि १२ जनाको आवेदन परेको थियो। त्यसमध्ये नौ जनाको नाम सर्ट लिस्टमा परेको थियोर उनीहरुमध्ये तीन जनाको नाम सिफारिश गरिएको हो।

डा. क्षेत्री यसअघि पनि कुलपतिको प्रतिस्पर्धामा थिए। चार वर्ष अघि डा. बुद्धिबहादुर थापासँगै उनको नाम पनि सिफारिशमा परेको थियो।

उपतिकुलपतिका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्र, डा. विदुरबहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरिधारि शर्मा पंगेनी र डा. सरोज शर्माको आवेदन परेको थियो।

प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, चैत १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्