खनालकाे नेतृत्वमा नेपाल समूहका सांसद बैठकमा सहभागी
काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरु बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा सहभागी भएका छन्।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...
काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरु बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा सहभागी भएका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आज (शुक्रबार) बोलाएको बैठकमा सहभागी हुन नेपाल समूहका सांसदहरु अर्का वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बालुवाटार गएका थिए।
बैठकमा नेता नेपाल र भीम रावल भने सहभागी भएनन्। अरु सांसद भने बैठकमा सहभागी भएको ओली समूहका नेता एक नेताले जानकारी दिए।
बैठकको आरम्भमै ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएको उनले बताए।
खनालले ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एकढिक्का हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताए। उनले २०७५ जेठ २ अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











