Kathmandu Press

कारागारमै महेश बस्नेतले भेटे रेशम चौधरी

कारागारमै महेश बस्नेतले भेटे रेशम चौधरी

काठमाडौं, चैत १३ :  एमालें सांसद महेश बस्नेत जसपाका निलम्बित सांसद् रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।  

सत्ता समिकरणका लागि जसपाले रेशम चौधरीलगाएत थारुहट आन्दोलनका बन्दीलाई रिहाई गर्न माग गरेकाले प्रधानमन्त्री ओलीले आफू निकट नेता बस्नेतलाई चौधरीलाई भेट्न डिल्लीबजार कारागार पठाएका हुन् ।  बस्नेत चौधरीलाई भेट्न शुक्रबार बिहान कारागार पुगेका थिए । 

रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो । 

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्