Kathmandu Press

राष्ट्रियसभातर्फ एमाले दलको नेतामा प्याकुरेल चयन

काठमाडौं, चैत १३ : राष्ट्रियसभातर्फ एमाले संसदीय दलको नेता सुमन प्याकुरेललाई बनाइएको छ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियसभातर्फ दलको नेतामा प्याकुरेललाई चुनेका...
राष्ट्रियसभातर्फ एमाले दलको नेतामा प्याकुरेल चयन

काठमाडौं, चैत १३ : राष्ट्रियसभातर्फ एमाले संसदीय दलको नेता सुमन प्याकुरेललाई बनाइएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियसभातर्फ दलको नेतामा प्याकुरेललाई चुनेका हुन्। ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा हुँदा राष्ट्रियसभा संसदीय दलको नेतामा माओवादी केन्द्र पृष्ठभूमि भएका दीनानाथ शर्मा थिए।

नेकपा नाम विवादका सन्दर्भमा सर्वोच्च अदालतले फागुन २३ गते गरेका फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि शर्मा माओवादी केन्द्रतर्फ रहेका थिए, पछि एमाले संसदीय दलको नेताको पद रिक्त थियो।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्