Kathmandu Press

संसदीय दलको बैठकमा सहभागी हुँदै नेपाल समूह

काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसदीय दलको बैठकमा सहभागिता जनाउने भएको छ। बैठक शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा...
संसदीय दलको बैठकमा सहभागी हुँदै नेपाल समूह

काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसदीय दलको बैठकमा सहभागिता जनाउने भएको छ। बैठक शुक्रबार (आज) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबार नै संसदीय दलको बैठक बोलाएका थिए। यसअघि ओलीले बोलाएको बैठक बहिष्कार गर्दै आएको थियो। नेपाल समूहका नेताहरूको आजै बसेको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको हो।

संसदीय दलको बैठकमा सहभागी भएर पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णयसमेत भएको नेपाल पक्षका एक नेताले बताए।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्