Kathmandu Press

राजनीतिक दृष्टिले देश गलत दिशातिर, बेरोजगारी जल्दाेबल्दो समस्या : अध्ययन

काठमाडौं, चैत १३ : गैरसरकारी संस्था ‘सेयरकास्ट इनिसिएटिभ’ ले गरेको एक अध्ययन  ‘नेसनल ओपिनियन पोल २०२१’ ले राजनीतिक दृष्टिले देश अहिले ‘गलत दिशातिर’...
राजनीतिक दृष्टिले देश गलत दिशातिर, बेरोजगारी जल्दाेबल्दो समस्या : अध्ययन

काठमाडौं, चैत १३ : गैरसरकारी संस्था ‘सेयरकास्ट इनिसिएटिभ’ ले गरेको एक अध्ययन  ‘नेसनल ओपिनियन पोल २०२१’ ले राजनीतिक दृष्टिले देश अहिले ‘गलत दिशातिर’ गइरहेको देखाएको छ।

सो संस्थाद्वारा गरिएको सर्वेक्षणमा सहभागी २१.९ प्रतिशतले देश ‘सही दिशातिर’ गइरहेको बताउँदा ४४.३ प्रतिशतले गलत दिशातर्फ गएको बताए। २२.५ प्रतिशतले भने  न सही न गलत दिशातिर गएको भन्ने जबाफ दिएकाे र ११.३ प्रतिशतले आफूलाई केही थाहा नभएको बताएको अध्ययनमा उल्लेख छ।

अध्ययनमा सहभागी ४९.३ प्रतिशतले राजनीतिक दलभित्रको द्वन्द्व, ३६.८ प्रतिशतले राजनीतिक अस्थिरता र २७.४ प्रतिशतले कमजोर नेतृत्वलाई देश गलत दिशातर्फ जानुको कारण मानेका छन्।

न्यायालयको कार्य सम्पादनको विश्वसनीयतालाई लिएर गरिएको प्रश्नमा ४४.१ प्रतिशत सहभागीले न्यायालयप्रति विश्वास रहेको बताउँदा २१.३ प्रतिशतले भने अविश्वास प्कटा गरेका छन्।

संस्थाले २०७७ फागुन ९ देखि २३ गतेसम्म सो अध्ययन गरेको थियो। सर्वेक्षणमा १६ वर्षभन्दा माथिका व्यक्तिलाई सहभागी गराइएको थियो । ५ हजार ८२ घरपरिवारको संलग्नता उक्त अध्ययनमा रहेको छ।

बेरोजगारी समस्यालाई देशको जल्दोबल्दो समस्याका रूपमो हेर्नेको प्रसतशत ५५.८ रहेको छ। अध्ययनमा सहभागी ३२.२ प्रतिशतले गरिबी र अभाव, २३.४ प्रतिशतले मूल्यवृद्धि, १९.५ प्रतिशतले भ्रष्टाचार, १५.४ प्रतिशतले राजनीतिक अस्थिरता, ११.४ प्तिशतले गुणस्तरीय शिक्षाको अभावलाई देशको जलदोबलदो समस्याका रूपमा लिएका छन्। बाँकीले स्वास्थ, भौतिक पूर्वाधार, असुरक्षा, भेदभाव, महँगो शिक्षा, कृषि बजारको अभावलगायतालाई जलदोबल्दो समस्याका रूपमा चित्रण गरेका छन्।

सोही अध्ययनका अनुसार ६३ प्रतिशतले राजनीतिमा कुनै चासो नभएको बताएका छन् भने ३५.६ प्रतिशतले चासो भएको बताउँदा १.४ प्रशितले केही पनि थाहा नभएको उत्तर दिएका थिए।

नेपालमा लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन भरपर्दो राजनीतिक दल कुन होला भनी सोधिएको प्रश्नमा ३५.४ प्रशितले नेपाली कांग्रेसको नाम लिएका छन्। २५.३ प्रशितले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपा, १०.८ प्रतिशतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा, ३.४ प्रतिशतले जनता समाजवादी दल र १.८ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी भनेका छन्। यो सर्वेक्षण गर्दा प्रतिनिधिसभा विघटन भएर नेकपा राजनीतिक रुपमा विभाजित भएको अवस्थामा थियो। त्यसकारण अध्ययनमा ओली नेतृत्वको नेकपा र प्रचण्ड–नेपाल नेतृत्वको नेकपा भनिएको हो।

५१.७ प्रतिशतले नेपालाई हिन्दु राज्य बनाउनु पर्ने बताए भने ४०.३ प्रतिशतले धर्मनिरपेक्षता नै ठीक भएको उत्तर दिएका छन्।  थाहा नभएको भनेर उत्तर दिनेको प्रतिशत ८.१ रहेको छ।

मिडियाका सन्दर्भमा अधिकांशले रेडियोलाई सूचनाको भरपर्दो माध्यमका रुपमा लिएका छन्। त्यसपछि टेलिभिजनमा विश्वास गर्ने दोस्रो स्थानमा छन्। त्यसपपछि क्रमशः पत्रपत्रिका, अनलाइन, फेसबुक र युट्युब भनेका छन्।

यस्ताे छ  ‘नेसनल ओपिनियन पोल २०२१’

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्