Kathmandu Press

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, चैत १३ : प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।प्रदेश प्रमुखको कार्यालयमा सम्पन्न समारोहबीच आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक...
प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, चैत १३ : प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा सम्पन्न समारोहबीच आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले शपथ खाए। यस्तै कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै शपथ लिएका हुन्।

मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री र प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरूलाई शपथ ख्वाएका हुन्। मुख्य मन्त्री राइले आजै (शुक्रबार नै) मन्त्रीमण्डल विस्तार गरेका हुन्। त्यस क्रममा दुई मन्त्री र दुई राज्यमन्त्री थपिएका हुन् भने दुई राज्मन्त्री भने मन्त्रीमा बढुवा भएका हन्।

मन्त्री हुने टंक आङबोहाङ माओवादी केन्द्र पृष्ठभूमि भई हाल एमालेमा आएका हुन्। उषाकला राई नेकपा अस्तित्वमा हुँदा माधवकुमार नेपाल समूह त्यागेर ओली समूहतिर लागेकी हुन्।

राज्यमन्त्रीबाट मन्त्री बन्ने सौभाग्य पाएका राम राना नेता नेपालनिकट रहँदै आए पनि पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा बनेका दुई समूहमा ओलीतिर ढल्किएका थिए। उनले मुख्यमन्त्री राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेका थिएनन्।

रानाले जस्तै राज्यमन्त्रीबाट मन्त्री बन्ने सौभाग्य पाएका अम्बिरबाबु गुरुङ पनि हुन्। सांसद घलेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि पछि नाम फिर्ता लिएकी थिइन्। सांसद ओझा नेपाल समूह छाडेर ओलीतिर लागेका थिए।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । त्यतिबेला रहेको नेकपाको प्रचण्ड(नेपाल समूहमा आबद्ध नेता जीवन घिमिरेले सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए।

त्यस्तै राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले पनि राजीनामा दिएका थिए। त्यसको दुई दिन अघि पुस १० गते मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए।

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्