चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता
भरतपुर , चैत्र १३ : तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर...
भरतपुर , चैत्र १३ : तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड प्रतियोगिता हुन लागेको हो ।
कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरीक पर्यटक मार्फत चलाएमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्धेश्यले दौड प्रतियोगिता आयोजना गरिएको लियो क्लब अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिए । ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकालिको प्रचारप्रसारका लागी म’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगिता वडा नम्बर ६ को दक्षिणकालि मन्दिर देखि सुरु भएर भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको बाटुली पोखरीसम्म हुनेछ ।
झण्डै २ किमिको दौड प्रतियोगीतामा प्रथम हुनेले हुनेले नगद ४ हजार ४ सय ४४, द्वितीय हुनेले ३ हजार ३ सय ३३, तृतीय हुनेले दुई हजार २ सय २२ र सान्तवना हुने १ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र, मेडल, ट्रफी र परिवार सहित बाटुली पोखरीमा निशुल्क डुङ्गा सयर गर्न पाउने कार्यक्रम संयोजक रेशम तिमल्सीनाले जानकारी दिए ।
विगत ११ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकासँंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको हो । यस अघि पुरुष खुल्ला दौड प्रतियोगीता हुदै आएको भएपनि क्लवले पहिलो पटक क्लवले महिला दौड प्रतियोगीता आयोजना गरेको हो । आन्तरीक पर्यटन विकासको लागी महिलाको भुमिका महत्तवपूर्ण हुन्छ त्यसैलाई आत्मसाथ गर्दै हामीले महिला दौड गरेका हौ तिमल्सिनाले भने ।
लियो क्लव अफ गीतानगर र योङ्ग– नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह सह–आयोजकको रुपमा रहेका छन् ।











