Kathmandu Press

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसिरहेकाे छ।जारी बैठकमा पार्टीभित्रको विद्यमान विवादबारे...
नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, चैत १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसिरहेकाे छ।

जारी बैठकमा पार्टीभित्रको विद्यमान विवादबारे छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले नेपाल समूहमाथि निषेधको राजनीति गर्न थालेको निचोड निकालेको नेपाल समूहले पार्टी एकताका लागि आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा पनि छलफल हुने नेपाल समूहका एक नेताले बताए। 

नेकपा नाम विवादलाई लिएर फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै पूर्ववत् अवस्थामा पुगेको एमालेभित्र पार्टी अध्यक्ष केपी ओली समूह र नेपालबीचको विवादले चर्को रुप लिएको छ।

दुवै समूहले आआफ्नै ढंगले राजनीतिक गतिविधि अगाडि बढाउने क्रममा ओली समूहले आफू पक्षीय नेताको बेग्लै बैठक राखेर विधान संशोधन गर्ने, नेपाल पक्षका नेतालाइृ जिम्मेवारीमुक्त पार्ने, स्पष्टीकरण सोध्नेलगायत कार्य गरिसकेको छन् भने नेपाल समूहले पनि राष्ट्रिय भेला नै सम्पन्न गरेर पनि समानान्तर कमिटी गठनलाई तीव्र पारेको छ।

एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज ३ बजे बस्दैछ। बैठक पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा बस्नुपर्ने माग राख्दै नेपाल समूहले बालुवाटारको बैठकमा सहभागी नहुने बताउँदै आएका छन्। 

केन्द्रीय सदस्यहरुको बैठकलगत्तै सांसदहरुको बैठक बस्ने जनाइएको छ। सोही बालुवाटारमा बस्ने बैठकमा जाने या नजाने निर्णय गर्ने एक सांसदले बताए।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्