नौ बेलायती नागरिकमाथि चीनले लगायो प्रतिबन्ध
काठमाडौं, चैत १३ : चीनले नौ बेलायती नागरिक र चार संस्थामाथि प्रतिबन्ध लगाएको छ । सिङजियाङ प्रान्तमा वीगर जातीविरुद्ध भएको मानवअधिकार उल्लङघनको मुद्दालाई लिएर...
काठमाडौं, चैत १३ : चीनले नौ बेलायती नागरिक र चार संस्थामाथि प्रतिबन्ध लगाएको छ । सिङजियाङ प्रान्तमा वीगर जातीविरुद्ध भएको मानवअधिकार उल्लङघनको मुद्दालाई लिएर लगाएको प्रतिबन्धको प्रतिक्रियाको रुपमा चीनले नौ बेलायती नागरिक र चार संस्थामाथि प्रतिबन्ध लगाएको हो।
युरोपियन युनियन(ईयु)का विदेश मन्त्रीले सोमबार चार चिनियाँ अधिकारी र एक निकायमाथि वीगर जाती विरुद्ध मानवअधिकार उल्लङघन गरेको आरोपमा प्रतिबन्ध लगाएका थिए । चिनियाँ विदेश मन्त्रालयले चीनस्थित बेलायती राजदूतलाई बोलाइ प्रतिबन्धको कडा विरोध र निन्दा गरेको छ ।
प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












