ओलीले बोलाएको संसदीय दल बैठकमा नेपाल पक्षका नेता सहभागी हुने
काठमाडौं, चैत १३ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन्।नेपाल पक्षका...
काठमाडौं, चैत १३ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन्।
नेपाल पक्षका एक सांसदले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने बताए। उनले अध्यक्षले बोलाएको बैठकमा सहभागी हुनु सामान्य विषय भएको बताए ।
ओलीले बोलाएको संसदीय दलको बैठकअघि नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई सहभागी हुनेछन् ।
संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











