Kathmandu Press

विश्वकपमा इटालीको जित, स्पेन र ग्रिसको बराबरीमा रोकिए 

काठमाडौं, चैत्र १३ : इटालीले विश्वकप अन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ।बिहीबार राति भएको खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो।...
विश्वकपमा इटालीको जित, स्पेन र ग्रिसको बराबरीमा रोकिए 

काठमाडौं, चैत्र १३ : इटालीले विश्वकप अन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ।

बिहीबार राति भएको खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो। इटालीका लागि डोमेनिको बेरार्डी र सिरो इम्मोबिलले गोल गरे।

त्यस्तै, बिहीबार राति नै भएको खेलमा स्पेन भने ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको छ। त्यस्तै, अन्य खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई ३–१ ले, डेनमार्कले इजरायललाई २–० ले, स्वीडेनले जर्जियालाई १–० ले र अल्बानियाले एन्डोरालाई १–० ले पराजित गरेका छन्।

प्रकाशित मिति: ०८:४६ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्