भारतमा कोरोना संक्रमित दरमा नयाँ रेकर्ड, २४ घण्टामा ५९ हजार वढी संक्रमण पुष्टि
काठमाडौं, चैत्र १३ : पछिल्ला केहि दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।भारतमा पछिल्लो २४ घण्टामा भारतमा...
काठमाडौं, चैत्र १३ : पछिल्ला केहि दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । वल्डमिर्टसका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै सबैभन्दा धेरै हो । यसअघि बिहीवार ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ ।
यो सँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६० लाख ९ हजार ८३ पुगेको छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











