Kathmandu Press

पहिलो एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडनको घोषणा 

पहिलो एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडनको घोषणा 

काठमाडौं, चैत्र १३ : अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् ।

ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका हुन् । बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु।

हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।’ उनले भने, ‘मलाई थाहा छ यो लक्ष्य महत्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।’

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ। अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्र‌णदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन्।

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्