Kathmandu Press

विश्वकप छनौटमा जर्मनी र इंग्ल्यान्डको विजयी सुरुवात 

विश्वकप छनौटमा जर्मनी र इंग्ल्यान्डको विजयी सुरुवात 

काठमाडौं, चैत्र १३ : जर्मनीले विश्वकप अन्तर्गत युरोप छनोट फुटबलमा विजयी सुरुवात गरेको छ।

बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्यान्डलाई हराउँदै बिजयी सुरुवात गरेको हो। घरेलु टिम जर्मनीले आइसल्यान्डलाई ३–० गोलले पराजित गरेको हो। जर्मनीको जितमा लेओन गोरेट्जका, काइ हाभर्टज र इल्के गुण्डोगानले गोल गरे।

यहि समूहको अर्को खेलमा रोमानियाले उत्तरी मासेडोनियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ। यता, इंग्ल्यान्डले पनि विश्वकप फुटबलअन्तर्गत युरोपियन छनोटमा फराकिलो जित निकालेको छ।

इंग्ल्यान्डले सान मारिनोलाई ५–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टिम इंग्ल्यान्डका डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे। त्यस्तै, जेम्स वार्ड, रहिम स्टर्लिङ र ओलिई वाटकिन्सले समान १–१ गोल थपे। 
 

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्