Kathmandu Press

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए दलको बैठक

काठमाडौं, चैत्र १३ : नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा...
नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए दलको बैठक

काठमाडौं, चैत्र १३ : नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ।

अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो। सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेको विवाद  उत्कर्षमा पुगेको छ ।

नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्। यो  निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। यो समूहले पार्टीमा समानान्तर कमिटी गठन गरिरहेको  छ। 

उता, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएपनि आजको बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने वा नहुने बिषयमा भने टुङ्गो लागेको छैन। 

प्रकाशित मिति: ०७:१७ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्