Kathmandu Press

एक सय जनालाई राष्ट्रिय अनुसन्धानमा जागिरको अवसर 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतमा रहेको बिभागले आज एक सुचना जारी गर्दै तीन पदका लागी १ सय ४ जनालाई जागिर खुलाएको हो ।
एक सय जनालाई राष्ट्रिय अनुसन्धानमा जागिरको अवसर 

काठमाडौं, चैत्र १३ : आकर्षणको जागिर मानिने राष्ट्रिय अनुसन्धान बिभागले १ सय ४ जनाका लागि जागिर खुलाएको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतमा रहेको बिभागले आज एक सुचना जारी गर्दै तीन पदका लागी १ सय ४ जनालाई जागिर खुलाएको हो ।

बिभागले अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना र सहायक सूचकमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

बिज्ञापनमा भनिएअनुसार अधिकृतका लागि स्नातक तह, सहायकका लागि प्रविणता तह र सूचकका लागि एसएलसी वा सो सरह उत्तीर्ण भएको हुनुपर्दछ । दरखास्त दिनका लागि अधिकृतका लागि १ हजार, सहायकका लागि ३ सय र सूचकका लागि १ सय ५० तोकिएको छ । 

उमेर र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७८ वैशाख १२ गतेसम्म दरखास्त दिन सक्ने छन् । 

प्रकाशित मिति: ०७:०२ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्