Kathmandu Press

एकै दिन ६ लाख बढी कोरोना संक्रमित थपिए, १० हजारको मृत्यु 

काठमाडौं, चैत्र १३ : विश्वभर पछिल्लो २४ घन्टामा ६ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ करिब १० हजार जनाको मृत्यु भएको छ।पछिल्ला...
एकै दिन ६ लाख बढी कोरोना संक्रमित थपिए, १० हजारको मृत्यु 

काठमाडौं, चैत्र १३ : विश्वभर पछिल्लो २४ घन्टामा ६ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। यस्तै‚ करिब १० हजार जनाको मृत्यु भएको छ।

पछिल्ला दिनहरुमा ब्राजिलमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा झण्डै एक लाख संक्रमित थपिएका छन् भने दुई हजार ६३९ जनाको मृत्यु भएको छ। अमेरिकामा ६२ हजार ६०० संक्रमित थपिँदा एक हजार २४ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा एकै दिन ५९ हजार संक्रमित थपिएका छन् भने २५७ जनाको मृत्यु भएको छ। त्यसैगरी फ्रान्समा ४५ हजार ६००, टर्कीमा २८ हजार ७००, इटलीमा २३ हजार ७००, जर्मनीमा २२ हजार २००, रसियामा नौ हजार २०० र बेलायतमा ६ हजार २०० संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म कुल संक्रमितको संख्या १२ करोड ६० लाख ३३ हजार पुग्दा २७ लाख ६६ हजार २९८ जनाको मृत्यु भएको छ। यस्तै‚ १० करोड १७ लाख संक्रमित संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: ०६:४३ बजे, शुक्रबार, चैत १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्