तस्बिरमा ६ वर्षपछि दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल
विश्वकप छनोटअन्तर्गत सन् २०१५ को मार्च १७ मा भारतविरुद्ध खेलेयता नेपाली राष्ट्रिय टिम पहिलो पटक बिहीबार दशरथ रंगशालामा खेलेको थियो। ६ वर्षअघि र पछिको नतिजा भने उही रह्यो, गोलरहित बराबरी ।काडमाडौं, चैत १२ : बिहीबार नेपाली राष्ट्रिष्य फुटबल टिम ६ वर्षपछि दशरथ रंगशालामा उत्रियो । ६ वर्षपछि नेपाली राष्ट्रिय टिमले घरेलु मैदानमा राम्रो खेल्यो, तर नतिजा भने निराशाजनक रह्यो।
विश्वकप छनोटअन्तर्गत सन् २०१५ को मार्च १७ मा भारतविरुद्ध खेलेयता नेपाली राष्ट्रिय टिम पहिलो पटक बिहीबार दशरथ रंगशालामा खेलेको थियो। ०७२ वैशाखको भूकम्पले रंगशाला क्षतिग्रस्त बनेपछि नेपाली टिमले घरेलु खेल एन्फा कप्लेक्समा खेलेको थियो। ६ वर्षअघि र पछिको नतिजा भने उही रह्यो, गोलरहित बराबरी ।
त्रिदेशीय कप अन्तर्गत बिहीबार भएको खेलमा ओलम्पिकको तयारीमा रहेको कीर्गिस्तानको यू–२३ टिमविरुद्ध निरन्तर दाबब बनाए पनि फिनिसिङमा चुक्दा नेपाल गोलरहित बराबरी खेल्न बाध्य भयो।
नेपालले गोलका थुप्रै सुन्दर अवसर खेल फाल्यो । पहिलो हाफमा अनन्त तामाङ, अन्जन विष्ट, सन्जोग राईले राम्रो अवसर सदुपयोग गर्न सकेनन् भने दोस्रो हाफमा रविशंकर पासवाल, सुजल श्रेष्ठ, अन्तन र अनन्त पनि गोल गर्न अफस रहे ।
६७ औं मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिन दोहारो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइलन नेपालले उठाउन सकेनन् ।
७३औं मिनेटमा किरणले नेपालको संकट टारे । रन्जित धिमालको ब्याक पासलाई किरणले गोललाइनबाट मुस्किलले बचाउँदै नेपाललाई बचाएका थिए ।
नेपाल र कीर्गिस्तानबीचको खेल गोलरहित बराबरीमा सकिएपछि फाइलन पुग्ने दोस्रो टिमको टुंगो नेपाल र बंगलादेश बीचको खेलपछि हुनेछ । पहिलो खेलमा कीर्गिस्तानलाई १–०ले हराएको बंगलादेश फाइनल पुगिसकेको छ। शनिबार हुने नेपाल र बंगलादेश बीचको खेल बराबरी भएमात्रै नेपाल फाइनल पुग्ने छ । यता, नेपाल १–०भन्दा बढी गोल अन्तरले पराजित भए कीर्गिस्तान फाइनल पुग्ने छ।