Kathmandu Press

कीर्गिस्तानसँग नेपालको निराशाजनक बराबरी

काठमाडौं, चैत १२ : त्रिदेशीय फुटबलअन्तर्गत शदरथ रंगशालामा पहिलो खेलमा नेपालले कीर्तिगिस्तानको यू–२३ टिमसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ। ओलम्पिकको तयारीमा रहेको कीर्गिस्तानको...
कीर्गिस्तानसँग नेपालको निराशाजनक बराबरी

काठमाडौं, चैत १२ : त्रिदेशीय फुटबलअन्तर्गत दशरथ रंगशालामा पहिलो खेलमा नेपालले कीर्तिगिस्तानको यू–२३ टिमसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ। ओलम्पिकको तयारीमा रहेको कीर्गिस्तानको यू–२३ टिमविरुद्ध निरन्तर दाबब बनाए पनि फिनिसिङमा चुक्दा नेपाल गोलरहित बराबरी खेल्न बाध्य भयो।

एक वर्षपछि घरेलु मैदानमा खेलेको नेपालले गोलका थुप्रै सुन्दर अवसर खेल फाल्यो । पहिलो हाफमा अनन्त तामाङ, अन्जन विष्ट, सन्जोग राईले राम्रो अवसर सदुपयोग गर्न सकेनन् भने दोस्रो हाफमा रविशंकर पासवान, सुजल श्रेष्ठ, अन्तन र अनन्त पनि गोल गर्न अफस रहे ।

६७ औं मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिन दोहारो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा नेपालले उठाउन सकेनन् ।

खेलमा गोलको मुभ

खेलको १०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङकाे हेड बल पोष्ट नजिकैबाट बाहिरियो । १४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियारबाट प्रहार गरेको बल कीर्गिस्तानका गोलकिपर बिट भइसकेको अवस्थामा पोष्टमा लागेर फर्कियो ।

२९औं मिनेटमा सन्जोग राईको पासमा अभिषेक रिजालको प्रहार पनि बाहिर गयो । खेलको ३३ औं मिनेटमा रविको पासमा अञ्जनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफमा नेपाली पोस्टमा उल्लेख्य आक्रमण गर्न नसेकको कीर्गिस्तानले दोस्रो हाफमा केही आक्रमण गरेको थियो । ५३ औं मिनेटमा किर्गिस्तानका बोरुबाएभ गुलझिगिटले प्रहार गरेको फ्रिकिक पोष्टको केही माथिबाट बाहिरियो । लगत्तै गुलझिगिटले प्रहार गरेको फ्रिकिक नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ६२ औं मिनेटमा रन्जित धिमालको पासमा रोहित चन्दको हेडरले पोष्टको दिशा लिन सकेन । यस्तै ६३ औं मिनेटमा रन्जितकै फ्रिकिकमा अञ्जन विष्टको हेडर पोष्ट नजिकैबाट बाहिरियो।

७३औं मिनेटमा किरणले नेपालको संकट टारे । रन्जित धिमालको ब्याक पासलाई किरणले गोललाइनबाट मुस्किलले बचाउँदै नेपाललाई बचाएका थिए । ७५औं मिनेटमा दिनेश राजवंशीको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका सुजल श्रेष्ठले खेर फाले । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बताए ।

त्रिदेव, सन्जोग र निशानको डेब्यू

कीर्गितानविरुद्धको खेलमार्फत नै तीन नेपाली खेलाडीले राष्ट्रिय टिममा डेब्यू गरे । कीर्गिस्तानविरुद्ध त्रिदेव गुरुङ, सन्जोग राई र निशान खड्का डेब्यूको अवसर पाए । मिडफिल्डरद्वय त्रिदेव र सन्जोगले पहिलो रोजाइमै पर्दा निशान दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनी ८६औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका थिए। गर्दै नेपालका लागि पहिलो खेल खेले ।

नेपाल र बंगलादेशबीचको खेल निर्णायक

नेपाल र कीर्गिस्तानबीचको खेल गोलरहित बराबरीमा सकिएपछि फाइलन पुग्ने दोस्रो टिमको टुंगो नेपाल र बंगलादेश बीचको खेलपछि हुनेछ । पहिलो खेलमा कीर्गिस्तानलाई १–०ले हराएको बंगलादेश फाइनल पुगिसकेको छ।

शनिबार हुने नेपाल र बंगलादेश बीचको खेल बराबरी भएमात्रै नेपाल फाइनल पुग्ने छ  । यता, नेपाल १–०भन्दा बढी गोल अन्तरले पराजित भए कीर्गिस्तान फाइनल पुग्ने छ।

राम्रो खेल्यौं, तर फिनिसिङमा चुक्यौं : प्रशिक्षक महर्जन

नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कीर्गिस्तानविरुद्ध राम्रो खेलेर पनि जित्न नसकेको बताए । खेलपछि पोस्ट म्याच कन्फ्रेसमा बोल्दै महर्जनले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए।

खेल राम्रो खेले पनि फिचिसिङमा चुक्दा अंक बाड्नु परेको उनले बताए । ‘खेलमा हामीले कीर्गिस्तानमाथि निरन्तर दाबब दियौं, अवसर पनि सिर्जना ग¥यो । फिनिसिङमा चुक्यौं’, प्रशिक्षक महर्जन भन्छन्, ‘बंगलादेशविरुद्ध हामीले फिनिसिङ सुधार्न पर्छ । त्यसका लागि प्रयास गर्छौं ।’

 

प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्