पहिलो हाफमा नेपाल र कीर्गिस्तान गोलरहित बराबरीमा (तस्बिर)
काठमाडौं, चैत १२ : त्रिदेशीय फुटबलअन्तर्गत शदरथ रंगशालामा जारी दोस्रो खेलमा नेपाल र कीर्गिस्तानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।कीर्गिस्तानको यू–२३ टिममाथि...काठमाडौं, चैत १२ : त्रिदेशीय फुटबलअन्तर्गत शदरथ रंगशालामा जारी दोस्रो खेलमा नेपाल र कीर्गिस्तानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।
कीर्गिस्तानको यू–२३ टिममाथि निरन्तर दबाब बनाए पनि नेपाल फिनिसिङमा चुक्यो । नेपालले गोका केही सुनौला अवसर गुमायो।
तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरियो भने त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको हेडले पनि पोस्टको दिशा लिन सकेन् । यस्तै, १४औं मिनेटमा अन्ज विष्टको प्रहार पोस्टमा लागेर फर्कियो ।
कीर्गिस्तानविरुद्ध खेल्दै त्रिदेभ गुरुङ र सन्जोग राई नेपालको राष्ट्रिष्य टिममा डेब्यू गरे ।
प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तान सहभाभी छन् । मंगलबार भएको प्रतियोगिताको उद्घाटनमा बंगलादेशले कीर्गिस्तानलाई १–०ले हराएको थियो।
प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१