Kathmandu Press

क्यानले त्रिदेशीय सिरिज गर्ने, क्यान सचिव भन्छन्– एक–दुई दिनमै मिति तय गर्छौं

क्यानले त्रिदेशीय सिरिज गर्ने, क्यान सचिव भन्छन्– एक–दुई दिनमै मिति तय गर्छौं

काठमाडौं, चैत १२ : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय सिरिज आयोजना गर्ने भएको छ। क्यानले घरेलु मैदानमा नेदरल्यानड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज गर्न लागेको हो।

क्याले त्रिदेशीय सिरिज योजना गर्ने पक्का भएपनि मिति भने तय भइसकेको छैन। अप्रिलामा सिरिज आयोजाना गर्ने तयारी क्यानको छ।

‘सिरिज आयोजना गर्ने तय भएको छ, नेदरल्यान्ड्स र मलेसिया पनि यहाँ आउन तयार भएका छन्,’ क्यान सचिव अशोकनाथ प्याकुरेलले काठमाडौं प्रेससँग भने, ‘सिरिज अप्रिलमा गर्ने हाम्रो तयारी छ, पछिल्लो सयम कोरोना संक्रमण बढेकाले मिति सार्वजनिकमा ढिलाइ भएको हो।’

आईसिसीसँग छलफल गरेर एक–दुई दिनभित्रै सिरिज मिति तय गर्ने सचिव प्याकुरेलले बताए । उनका अनुसार नेदरल्यान्ड्स र मलेसियासँग टि–२० फम्र्याटको सिरिज आयोजनाका विषयमा कुरा भएको छ। उनल भने, ‘उनीहरुसँग टि–२० सिरिज खेल्ने कुरा भएको छ, आईसिसीले सहमति दिए एकदिवसीय सिरिज पनि खेल्छौैं । त्यसका लागि आईसिसी र दुई टिमसँग छलफल गर्छौं ।’ टि–२० सिरिज मात्रै भएपनि खेल्ने उनले बताए।

सिरिजलाई लक्षित गर्दै क्यानले चाँडै नै बन्द प्रशिक्षण सुरु गर्ने तयारी पनि गरेको छ। लामो समयदेखि राष्ट्रिय टिमले क्रिकेट नखेलेका क्यालने सिरिज आयोजनाको तयारी गरेको हो।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्