Kathmandu Press

शिक्षण संस्थाहरूमा भीडभाड नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, चैत १२ : नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ।बिहीबार शिक्षामन्त्री...
शिक्षण संस्थाहरूमा भीडभाड नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, चैत १२ : नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो। 

मन्त्रालयले सबै शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन विशेष अनुरोध गरेको छ। साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालयले अनुरोध गरेको छ।

यस्तै मन्त्रालयले विद्यालयहरूले दैनिक पठन–पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा-२०७७’ को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्यढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भए बमोजिम कार्य गर्न पनि अनुरोध गरेको छ।
 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्