नेपालसहित चार नेताले सकेसम्म आजै स्पष्टीकरण बुझाउने
काठमाडौं, चैत १२ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले छुट्टाछुट्टै स्पष्टीकरण...
काठमाडौं, चैत १२ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन्।
उनीहरूले सकेसम्म आजै (बिहीबार नै) स्पष्टीकरण बुझाउने तयारी भइरहेको नेपाल समूहका एक नेताले बताए। उनका अनुसार आज नभ्याइए भोलि बिहानसम्म पत्र बुझाउन लागिएको हो। स्पष्टीकरणसँगै ओलीमाथि प्रश्नैप्रश्न पनि सोध्न लागिएको बुझिएको छ।
आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण मागेका थिए। त्यसअघि चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
स्पष्टीकरणबारे छलफल गर्न मंगलबार नेपाल समूहका स्थायी कमिटीका केही नेता दिनभरजसो नै एक ठाउँमा बसेका थिए। शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक डाकेको छ भने छ । प्रधानमन्त्री ओलीले पनि शुक्रबार दिउँसो ३ बजेका लागि एमाले संसदीय दलको बैठक बोलाएका छन्।











