Kathmandu Press

गाडिएको अवस्थामा भेटियाे झा दम्पतीको शव

जनकपुरधाम, चैत १२ : एक महिनाअघि बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा महोत्तरीको पिपरामा भेटिएको छ।प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहका...
गाडिएको अवस्थामा भेटियाे झा दम्पतीको शव

जनकपुरधाम, चैत १२ : एक महिनाअघि बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा महोत्तरीको पिपरामा भेटिएको छ।

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहका अनुसार पिपरा गाउँपालिका-५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति सुतेकै ठाउँबाट बेपत्ता थिए। झा दम्पतीको घरभन्दा साढे तिन किलोमिटरजति पर ठूलै खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो ।

छोराबुहारीले शव सनाखत गरेको जनाइएको छ। गीतादेवीका कपडा, पोते र चुराले र मुसाफिरले लगाएको टिसर्टले शव उनीहरुके भनी पहिचान भएको प्रहरीको भनाइ छ ।

दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले पिपरा-५ सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा-६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ गरेका छन् ।

झाको परिवारले उनीहरुविरुद्ध चैत ५ गते किटानी जाहेरी दिएको थियो।

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्