Kathmandu Press

कृषि र पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएकाे घाेषणा

काठमाडौं, चैत १२ : नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ। कृषि मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासुजन्य उत्पादन, धुलो दूध,...
कृषि र पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएकाे घाेषणा
फाइल तस्बिर

काठमाडौं, चैत १२ : नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ।

कृषि मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासुजन्य उत्पादन, धुलो दूध, अन्डा र बटरमा नेपाल आत्मनिर्भर बनेको घोषणा गरेका हुन्।

‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौं,’ उनले भने, ‘यो राष्ट्रिय खुसीको अवसर हो।’ यस किसिमको सफलता प्राप्तिमा धेरैको योगदान रहेको प्रधानमन्त्री ओलीले बताए।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनका आधारमा पशुपन्छीजन्य उत्पादनमा नेपाललाई आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्