Kathmandu Press

सन्दीपले इंग्ल्यान्डमा टि–२० ब्लास्ट क्रिकेट खेल्ने

काठमाडाैं, चैत १२ : नेपाली युवा लेगस्पिनर सन्दीप लामछिानेले इंल्ग्यान्डमा टि–२० क्रिकेट खेल्ने भएका छन्। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि–२०...
सन्दीपले इंग्ल्यान्डमा टि–२० ब्लास्ट क्रिकेट खेल्ने

काठमाडाैं, चैत १२ : नेपाली युवा लेगस्पिनर सन्दीप लामछिानेले इंल्ग्यान्डमा टि–२० क्रिकेट खेल्ने भएका छन्। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि–२० ब्लास्टका लागि सन्दीपलाई वर्सेस्चरसायर रापिड्सले सन्दीपलाई अनुबन्ध गरेको हो।

रापिड्सका मुख्य प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको अनुबन्धबाट खुशी भएका छन् । उनले टिममा लेग स्पिनरको अवाश्यकता रहेका उनी अनुभवी पनि भएकाले टिमको रोजाईमा सन्दीप परेको बताए ।  ‘सन्दीपले धेरै टुर्नामेन्ट खेलेका छन् र उनीसँग फ्रेन्चाइज क्रिकेटको धेरै अनुभव लिएका छन्,’ गिडमन रापिड्सको वेवसाइटमा भनेका छन्, ‘हामीलाई टिम लेग स्पिनर चाहिएको थियो, सन्दीप अनुभवी पनि भएकाले उनलाई लिएका हौं । हामी खुसी छौं ।’

प्रशिक्षक गिडमनले टिममा एक उत्उष्ट खेलाडीको आगमन भएको बताएका छन् । उनले सन्दीपको आगमनले टिम सन्तुलित र बलियो बनेको बताएका छन्। ‘यो प्रतियाेगिता सन्दीपले इंग्ल्यान्डमा खेलेको पहिलो हो, तर हामीलाई विश्वास छ अन्यत्र जस्तै इंग्ल्यान्डमा पनि उनी उत्कृष्ट प्रदर्शन गर्न सफल हुनेछन् । र, हामीलाई खुसी दिने छन्,’ मुख्य प्रशिक्षक एलेक्स गिडमनले भनेका छन्।

रापिड्सले वेवसाइटमार्फत सन्दीपले टि–२० ब्लास्टका समूह चरणका खेल खेल्ने उल्लेख गरेको छ। सन्दीपलाई क्लब ल्याउन रिकी वेस्सेल्सले भूमिका खेलेको रापिड्सले जनाएको छ। वेस्सेल्स र सन्दीपले पाकिस्तान सुपर लिगसँगै खेलेका थिए । रापिड्सले विदेशी खेलाडीका रुपमा सन्दीपसँगै अस्ट्रेलियन खेलाडी बेन ड्वार्सहुइस र वेस्टइन्डिजका अल्जारी जोसेफलाई अनुबन्ध गरेको छ ।

प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने प्रतियोगिताका सबै खेल लागस अभाइलेबलमा हुने छ। रापिड्सले जुन ९ मै नटिङ्घमसायरसँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।

 

 

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्