नेपाल समूहले डाक्याे केन्द्रीय समिति बैठक
काठमाडौं, चैत १२ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार (भोलि) का लागि केन्द्रीय समिति बैठक बोलाएको छ।बैठकमा अब कसरी अगाडि बढ्ने भनी...
काठमाडौं, चैत १२ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार (भोलि) का लागि केन्द्रीय समिति बैठक बोलाएको छ।
बैठकमा अब कसरी अगाडि बढ्ने भनी भावी रणनीतिबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समूहले गरेका निर्णयहरूको सामना कसरी गर्ने र अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। ओली समूहले सोधेको स्पष्टीकरणको जबाफबारे पनि बैठकमा छलफल हुने आँकलन गरिएको छ।
फागुन २८ गते प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले निर्णय गर्दै नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएपछि दुई समूहबीचको दरारले झनै चर्को रूप लिएको थियो । ओलीले स्वेच्छाचारिता देखाएको भन्दै आक्रोशित बनेको नेपाल समूहले छुट्टै गतिविधि गर्ने भन्दै चैत ४ र ५ गते राष्ट्रिय भेला नै सम्पन्न गरेपछि ओली पनि चिढिएका थिए । जसका कारण पार्टी हितविपरीत कार्य गरेको भन्दै नेता नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेका थिए।
नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी सदस्यको बैठकले स्पष्टीकरणको जवाफ राजनीतिक रूपमा सामूहिक ढंगले दिने निर्णय गरिेसकेको छ।











