टेकु अस्पतालमा बढ्न थाले कोरोना संक्रमित
काठमाडौं, चैत १२ : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ। शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल....jpg)
काठमाडौं, चैत १२ : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ। शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल टेकुमा मात्रै मंगलबार दुई र बुधबार तीन जना कोरोना संक्रमित आइसियुमा भर्ना भएका छन्।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका भन्छन्, ‘विगतको तुलनामा कोरोना संक्रमितको संख्या बढेको छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘हिजो तीन जना र अस्ति दुई जनालाई अस्पतालको आइसियुमा राखेका छौं।’
मानिसहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न छाडेकै कारण पुनः संक्रमण बढेको उनले बताए। यद्यपि कोरोना भइरस आफैं पनि विगतमा भन्दा केही घातक पनि देखिएको उनले बताए।
संक्रमण बढ्ने क्रम निरन्तर रहेको खण्डमा यसले विगतमा जस्तै महामारीको रुप लिन सक्ने डा. बास्तोला बताउँछन्। ‘यसलाई अहिले नै नियन्त्रण गरेन भने पहिलाजस्तै महामारीको रुप लिन सक्छ। तुलनात्मक रूपमा शान्त भइसकेको थियो। तर फेरि टेकु अस्पतालमै पनि संक्रमितको संख्या बढ्न थालेको छ।’ उनले भने।
उनका अनुसार अहिले देखिएको संक्रमण नयाँ हो वा पुरानै रोग बल्झिएको भन्ने कुरा स्पष्ट भएको छैन। डा. बास्तोला भन्छन्, ‘कोरोना भाइरस पूर्णतः हटिसकेको भइसकेको थिएन। काठमाडौंमा नै संक्रमित भेटि नै रहेका थिए। टेकु अस्पतालमा पनि बिरामी आउने क्रम जारी थियो। तर पनि जनस्वास्थ्य मापदण्डको पालना गर्न छाड्यौं,’ उनले भने, ‘भारतमा पनि आन्तरिक जनस्वास्थ्यका मापदण्ड पूरा नगरेकै कारण संक्रमितको संख्या बढेको हो।’
जुनसुकै प्रकारको भाइरसलाई पनि जनस्वास्थ्यको मापदण्ड पूरा गर्ने हो भने केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। तत्कालका लागि भने क्वारेन्टाइन र आइसोलेसनलाई पुनः परिचालन गराउने, संक्रमितहरूको पहिचाल गर्ने, कोरोना परीक्षणलाई बढाउनेलगायत तयारी भइरहेको डा. बास्तोला बताउँछन्।











