Kathmandu Press

संक्रमण बढेपछि सिरहाका सीमा नाकामा हेल्थ डेस्क

सिरहा, चैत १२ : भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा...
संक्रमण बढेपछि सिरहाका सीमा नाकामा हेल्थ डेस्क

सिरहा, चैत १२ : भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ।

 भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। कोरोना संक्रमण फैलिएपछि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख कृष्णदेव यादवले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली घरमै मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भीडभाड नगरी घरमै मनाउन आग्रह गरेको छ ।

कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, चैत १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्