कोरोना सङ्क्रमणको दर विश्वभर बढ्दै, २४ घण्टामै झण्डै ६ लाख संक्रमित थपिए
काठमाडौं, चैत्र १२ : पछिल्ला दिनहरुमा विश्वभर कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा बढ्न थालेको छ । सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका...
काठमाडौं, चैत्र १२ : पछिल्ला दिनहरुमा विश्वभर कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा बढ्न थालेको छ । सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् ।
कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २ सय ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २७ लाख ५४ हजारभन्दा धेरै पुगेको छ ।
विश्वभर अहिलेसम्म १२ करोड ५३ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा विश्वभरमा झण्डै ६ लाख संक्रमित पुष्टि भए । सङ्क्रमितमध्ये १० करोड ११ लाख व्यक्ति निको भइसकेका छन् ।
२ करोड १३ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित अहिले पनि विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।
प्रकाशित मिति: ०८:२९ बजे, बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












