पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौ, चैत्र १२ : स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।हाल देशका पहाडी...
काठमाडौ, चैत्र १२ : स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्नपछि देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











