विश्वकप छनोट : पोर्चुगल र बेल्जियमको जित, विश्वविजेता फ्रान्स रोकियो
काठमाडौं, चैत्र १२ : पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात...
काठमाडौं, चैत्र १२ : पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो।
अजरबैजानविरुद्ध पोर्चुगलले १–० गोलको कठिन जित निकाल्यो। समूह ‘ए’ मा रहेको पोर्चुगलको जितमा अजरबैजानका माक्सिम मेडभेडेभले आत्मघाती गोलनै निर्णायक गोल बन्यो ।
त्यस्तै, विश्वविजेता फ्रान्स भने आफ्नो पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको छ। फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। विश्वकप छनोटका अन्य खेलमा टर्कीले नेदरल्यान्ड्सलाई ४–२ ले, स्लोभेनियाले क्रोसियालाई १–० ले, रसियाले माल्टालाई ३–१ ले, नर्वेले जिब्राल्टारलाई ३–० ले पराजित गरेका छन्।
अर्को खेलमा समूह ‘इ’ को बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे।
यता, वेल्सका लागि ह्यारी विल्सनले गोल गरे। यही समूहमा भएको अर्को खेलमा चेक रिपब्लिकले इस्टोनियालाई ६–२ गोलअन्तरले पराजित गरेको छ।











