Kathmandu Press

काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक

काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक

काठमाडौं, चैत ११ : काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न र मनाउन रोक लगाएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले भीडभाड नगर्न र अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेको छ। काठमाडौंमा कोरोना संक्रमण बढ्न थालेपछि सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

त्यस्तै, स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, मास्क लगाउन, दूरी कायम गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। भीडभाड हुने स्थानमा सतर्कता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्