त्रिदेशीय कपका लागि नेपाली टिममको घोषणा, परेनन् नवयुग
काठमाडौं, चैत ११ : दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ।...
काठमाडौं, चैत ११ : दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक बालगोपल महर्जनले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन्।
प्रशिक्षक महर्जनले पाँच नयाँ अनुसारलाई टिममा मौका दिएका छन् । गोलकिपर किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको २३ सदस्यीय टिममा गोलकिपर दीप कार्की, डिफेन्डरद्वय निशान खड्का र छिरिङ गुरुङ, मिडफिल्डरद्वय त्रिदेभ गुरुङ र सन्जोग राई परेका छन्।
यस्तै, त्रिदेशीय खेल मार्फत नै पूर्वकप्तान विराज महर्जनले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। सन् २०१९ जुन पछि विराज पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। विराजले त्रिदेशी कपपछि सन्न्यास लिने घोषणा गरिसकेकाले उनी टिममा परेका हुन्।
बुधबार घोषणा गरिएको टिममा मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ अटाउनन सकेनन् । उनीसँगै गोलकिपर विशाल श्रेष्ठ, डिफेन्डर विकास खवास, मिडफिल्डर हेमन्त थापामगर, सन्तोष तामाङ तथा स्ट्राइकर जर्जप्रिन्स कार्की पनि टिम पर्न सकेनन्।
दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले बंगलादेश र कीर्गिस्तानलाई आमन्त्रण गर्दै त्रिदेशीय कपम आयोजना गरेको हो। प्रतियोगितामा नेपालले बिहीबार कीर्तिस्तानसँग खेल्दै छ। मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–०ले हराएको थियो।
प्रतियोगितामा नेपाल र बंगलादेशका सिनियर टिम छन् भने कीर्गिस्तानको यू–२३ टिम सहभागी छ । कीर्गिस्तानले ओलम्पिकको तयारीका लागि यू–२३ टिम पठाएको हो।
यस्तो छ नेपाली टिम :
किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की (गोलकिपर), रञ्जित धिमाल, निशान खड्का, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ (डिफेन्डर), रोहित चन्द, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान (मिडफिल्डर), अञ्जन विष्ट, दर्शन गुरुङ, अविषेक रिजाल र भरत खवास (स्ट्राइकर) ।











