Kathmandu Press

स्थानीय तहसँग खर्च गर्ने क्षमतै छैन : प्रधानमन्त्री

काठमाडौं, चैत ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताएका छन्। स्थानीय तहले बढी...
स्थानीय तहसँग खर्च गर्ने क्षमतै छैन : प्रधानमन्त्री

काठमाडौं, चैत ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताएका छन्। स्थानीय तहले बढी बजेट माग्नु उपयुक्त नहुने स्पष्ट पार्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

नगरपालिका संघले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको बताए। क्षमता भएको ठाउँमा पनि बजेट फ्रिज भएर बेहाल भएको उनको भनाइ थियो।  

उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्नेमा जोड दिएका थिए। खर्च हुने मूल ठाउँ ठाउँ स्थानीय तह नै भएकाले बजेट बजेटजति केन्द्र सरकारले नै राख्न नहुने उनीहरूको भनाइ थियो।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्