Kathmandu Press

हाम्रा सांसदः कसले कति पढेका छन्?

दुवै सदनका गरी एक सय १४ जनाले स्नातक उत्तीर्ण गरेका छन्। १४ सांसदले विद्यावारिधि (पीएचडी) गरेका छन् भने एमफिल गर्ने एकजना मात्र छन्।
हाम्रा सांसदः कसले कति पढेका छन्?

काठमाडौं, चैत ११ : प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी कुल तीन सय ३४ सांसद छन्। तीमध्ये कसले कति पढेका छन्? संघीय संसद् सचिवालयले सबै सांसदको शैक्षिक योग्यता विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार दुवै सदनका गरी एक सय १४ जनाले स्नातक उत्तीर्ण गरेका छन्। १४ सांसदले विद्यावारिधि (पीएचडी) गरेका छन् भने एमफिल गर्ने एकजना मात्र छन्।

यस्तै, एसएलसी नै उत्तीर्ण नगरेका २३ सांसद छन्। र, एसएलसी मात्र उत्तीर्ण गरेका सांसद ४६ जना छन्। प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका सांसद संख्या ५५ छ। यस्तै, स्नातकोत्तर तह उत्तीर्ण गरेका सांसद ७४ जना छन्। त्यसो त, शैक्षिक योग्यता नखुलेका सातजना सांसद पनि सदनमा उपस्थित छन्।

४५ वर्षभन्दा मुनिका ७४, ४५ देखि ५५ वर्षका एक सय १६, ५५ देखि ६५ वर्षका एक सय १७, ६५ देखि ७५ वर्षका २५ र ७५ वर्षमाथिका दुई सांसद छन्।

संघीय संसद्‍मा उपस्थितमध्ये दुई सय २१ पुरुष र एक सय १३ जना महिला छन्।
 

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्