नेपालीहरुले निरीह बन्नुपर्ने खतरा देखिन थालेको छ : प्रचण्ड
काठमाडौं, चैत ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरुले निरीह बन्नुपर्ने खतरा देखिन थालेको बताएका छन्।धुलिखेलमा बुधबार आयोजित नेपाल राष्ट्रिय...
काठमाडौं, चैत ११ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरुले निरीह बन्नुपर्ने खतरा देखिन थालेको बताएका छन्।
धुलिखेलमा बुधबार आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरीह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्यौ भने परिणाम भोग्न तयार होओ भनेर धम्की आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरु आदेशपालक हौ भन्न खोजिएको हाे कि जस्तो लाग्छ।’
उनले नेपालीको आत्मनिर्णयको अधिकार खोस्ने प्रयास हुन थालेकाले सचेत हुनुपर्नेमा जोड दिए। शान्ति प्रक्रियामा आउँदा, संविधान बनाउँदा मात्र होइन एमाले र माओवादी केन्द्रबीच एकता गर्दासम्म नेपालीहरुले कसैको दबाबमा नपर्ने, आफ्नै निर्णय गर्न सक्ने मान्यता स्थापित गरे पनि त्यसलाई मन नपराउनेहरुले नेकपाभित्रै दलाल तयार पारेको आरोप लगाए । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै उनले नेपालीहरूले अधिकार पाएको मन नपराउनेहरूले पार्टी अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाएको बताए।
अरुको मोहरा बनेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कदम चाले पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गर्दै संसद पुनर्स्थापना गरेकाे तर सोही अदालतले फागुन २३ गते गरेको अर्को फैसलाले खतरा टरेको छैन भन्ने देखाएको अध्यक्ष प्रचण्डले बताए ।











