Kathmandu Press

स्वास्थ्य मापदण्डमा कडाइ गर्न गृहको निर्देशन

काठमाडौं, चैत ११ : कोभिड-१९ बाट संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ।मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सोमबार...
स्वास्थ्य मापदण्डमा कडाइ गर्न गृहको निर्देशन

काठमाडौं, चैत ११ : कोभिड-१९ बाट संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्रै गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन निर्देशन दिएको हो।

चैत ८ गते मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढ्ने खतरा रहेको भन्दै सभासम्मेलन गर्न रोक लगाउनुपर्ने बताएको थियो।

गृहले सिमानाबाट नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँच र त्यसबारे रेकर्ड राख्न भनेको छ । फेरि क्वारेन्टिन र आईसोलेसन चाहिन सक्ने भन्दै तिनहिरूको अपडेट गर्न पनि निर्देशन दिएको बतायएको छ।

सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारवाही गर्न र कोरोनाको खोप अनिवार्य गरेर रेकर्ड व्यवस्थित गर्न पनि प्रजिअहरुलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्