ब्राजिलमा एकैदिन ३ हजार बढीको मृत्यु, ८४ हजार बढी संक्रमित
रियो दि जेनेरियो, चैत ११ : ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ। ब्राजिलमा संक्रमण दरसँगै मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेको...
रियो दि जेनेरियो, चैत ११ : ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको छ। ब्राजिलमा संक्रमण दरसँगै मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेको छ।
मंगलबार मात्र ब्रासजलमा ३ हजार बढीको मृत्यु भएको छ। समाचार एजेन्सीहरुका अनुसार मंगलबार ब्राजिलमा तीन हजार दुई सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कोराेनाका कारण एकै दिन मुत्यु भएको सबैभन्दा धेरै हो ।
पछिल्लो केही दिन यता ब्राजिलमा दैनिक २ हजारमाथि मानिसको मृत्यु भइरहेको छ। ब्राजिलमा अहिलेसम्म दुई लाख ९८ हजार आठ सय ४३ जनाको कोरोनाका कारण निधन भइसकेको छ।
यस्तै, मंगलबार नै ८४ हजार बढी मासिनमा कोरोना संक्रमण थपिएको छ। मंगलबार ब्राजिलमा ८४ हजार नौं सय ९४ नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ब्राजिलमा एक करोड २१ लाख ३६ हजार छ सय १५ जना संक्रमित भएका छन्। त्यसमध्ये एक करोड छ लाख एक हजार छ सय ५८ जना निको भइसकेका छन्।
पछिल्लो पटक भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको छ । ब्राजिल अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमितहरु रहेका छन् भने पछिल्ला दिनहरुमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ।












