पार्टी कार्यालय सारिने नयाँ घरको प्रधानमन्त्री ओलीद्वारा अवलोकन
काठमाडौं, चैत ११ : प्रधानमन्त्री केपी ओलीले एमाले पार्टी कार्यालय सार्न लागिएको थापाथली हाइटमा रहेको साढे दुई तले घरको अवलोकन गरेका छन्।एमाले अध्यक्षसमेत...
काठमाडौं, चैत ११ : प्रधानमन्त्री केपी ओलीले एमाले पार्टी कार्यालय सार्न लागिएको थापाथली हाइटमा रहेको साढे दुई तले घरको अवलोकन गरेका छन्।
एमाले अध्यक्षसमेत रहेका ओली बुधबार दिउँसो नेता कार्यकर्तासहित पुगेर घर अवलोकन गर्न थापाथली पुगेका थिए। अहिले एमाले पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा सञ्चालन भइरहेको छ।
नयाँ वर्ष लागेसँगै कार्यालय थापाथली हाइट उपमामार्गमा सञ्जय अग्रवालको साे घरमा सारिने एमालेका एक नेताले बताए। १३ कोठा रहेको सो घर पाँच वर्षका लागि भाडामा लिइएको बताइएको छ।
प्रकाशित मिति: १४:१४ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











