अविश्वासको प्रस्ताव फिर्ता हुने भएपछि मुख्यमन्त्री राईको पद सुरक्षित
विराटनगर, चैत ११ : प्रदेश १ को सत्ता राजनीतिले सहज रुप लिने देखिएकाे छ।उक्त प्रदेशका मुख्यमन्त्री शेरधन राईको धरापमा परेको पद अब सुरक्षित...
विराटनगर, चैत ११ : प्रदेश १ को सत्ता राजनीतिले सहज रुप लिने देखिएकाे छ।
उक्त प्रदेशका मुख्यमन्त्री शेरधन राईको धरापमा परेको पद अब सुरक्षित हुने अवस्था सिर्जना भएको छ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका संसदहरूले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएपछि यस्तो परिस्थिति सिर्जना भएको हो।
प्रदेश १ को एमाले संसदीय दलको आज (बुधबार) बसेको बैठकमा नेपाल समूहका दुई सांसद सहभागी भएर अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएका एक नेताले जानकारी दिए।
प्रदेश १ सभामा ९३ सांसदमध्ये एमालेका मात्र ५१ सांसद छन्, जुन स्पष्ट बहुमत हो। अविश्वासको प्रस्ताव दर्ता दार्ता भएपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।
चैत २ गतेलाई बोलाइएको बैठक अघिल्लो दिन सूचना निकालेर अनिश्चितकालका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति: १२:२४ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











