Kathmandu Press

पतिसँग होटलमा बसेकी महिला मृत फेला

जनकपुरधाम, चैत ११ : जनकपुरधाम उपमहानगरपालिकास्थित रमानन्द चोकमा रहेको एउटा होटलमा पतिसँगै बसेकी महिला मृत भेटिएकी छन्।सर्लाही होटेल एन्ड गेस्ट हाउसको पाँचौं तलामा...
पतिसँग होटलमा बसेकी महिला मृत फेला

जनकपुरधाम, चैत ११ : जनकपुरधाम उपमहानगरपालिकास्थित रमानन्द चोकमा रहेको एउटा होटलमा पतिसँगै बसेकी महिला मृत भेटिएकी छन्।

सर्लाही होटेल एन्ड गेस्ट हाउसको पाँचौं तलामा २०५ नम्बरको कोठामा बसेकी महिला होटल बाहिर हिलो जमेको ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ।

मृत महिला म्याग्दीको मेलानी गाउँपालिका-७ की ३० वर्षीया सिर्जना सुनार श्रीपाली रहेको धनुषा प्रहरीले जनाएको छ। पति विश्वास श्रीपालीसँगै उनी दुई दिनअघि होटलमा आएको जनाइएको छ।

विश्वास आफ्नी पत्नीलाई लिएर यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटरको लाइसेन्स बनाउन आएको बुझिएको प्रहरीको भनाइ छ।

होटलमा पतिसँगै बसेकी उनले आत्महत्या गरेकी हुन् वा कसैले खसाइदिएको हो भन्ने नखुलेको र विस्तृतमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्