Kathmandu Press

हिमालको दृश्य हेर्न ‘हिमालय दृश्य’ रिसोर्ट

काठमाडौंको व्यस्तता, धुलो, धुवा र भीडभाडबाट केही क्षणका लागि भएपनि मुक्त हुन र ‘रिफ्रेस’ हुनका लागि राजधानीबाट नजिकैको गन्तव्य हो, धुलिखेल । त्यही धुलिखेलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै ‘हिमालय दृश्य रिसोर्ट’ सञ्चालनमा आएको छ ।
हिमालको दृश्य हेर्न ‘हिमालय दृश्य’ रिसोर्ट

काठमाडौं, चैत्र ११ : काठमाडौंको व्यस्तता, धुलो, धुवा र भीडभाडबाट केही क्षणका लागि भएपनि मुक्त हुन र ‘रिफ्रेस’ हुनका लागि राजधानीबाट नजिकैको गन्तव्य हो, धुलिखेल । त्यही धुलिखेलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै ‘हिमालय दृश्य रिसोर्ट’ सञ्चालनमा आएको छ ।

नेपाली कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठ, पर्यटन व्यवसायीहरूरु क्षेत्रबहादुर थापा (सि.बी), श्यामकाजी महत र अशोक श्रेष्ठको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । १८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ४० करोड रुपैयाँमा निर्माण भएको हो । 

कोरोना कहरबाट थला परेको पर्यटन बजारलाई उठान केही हदसम्म भएपनि सघाउ पुर्‍याउने उद्देश्यले रिसोर्टलाई सञ्चालनमा ल्याएको सञ्चालक सिबी थापाले बताए । कोरोना संक्रमण फेरि बढ्न थालेपछि निराश भएको उनले बताए। 

Hardik ivf

यस्ता छन् सुविधा 

रिसोर्टको विशेषता नै पाहुनाको आतिथ्यता, सत्कार हो। यस्तै, त्यहाँ निर्माण गरिएका चित्रकला, ढुंगेधारा, काष्ठकला रिसोर्टको अर्को विशेषता हो।  रिसोर्टमा ४१ माउण्टेन भ्यू रुम र २ स्वीट्स रुम छन्। रिसोर्टमा रहेका सबै कोठाबाट सनराईज हेर्न सकिने छ भने गणेश, लाङटाङ, गौरीशंकर फुरिबिच्याचु लगाएतका हिमालको दृश्य अवलोकन गर्न सकिने छन्। 

आकर्षक कोठाहरूरुमा पाहुनाका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। सबै कोठामा बालकोनीको व्यवस्था छ, जहाँबाट बाहिरको दृश्य हेर्दै थकान मेटाउन सकिन्छ।

यहाँको अर्को विशेषता हो, २४ सै घण्टा उपलब्ध हुने सेवा । यहाँ आउने पाहुनाले राति १० बजेसम्मको सेवा निःशुल्क पाउने छन् भने राति १० पछिको सेवामा भने अतिरिक्त शुल्क लाग्ने छ।

स्तरीय स्वीमिङ पुल, सावना वा स्ट्रिम बाथ र रिसोर्टसम्म ‘पिकअप र ड्रप’ को सुविधा पनि रिसोर्टमा उपलब्ध छन् । कार्यक्रम तथा सेमिनारका लागि ‘साउण्ड पुफ्र’ हलको पनि व्यवस्था छ। उक्त हलमा तीन सयदेखि तीन ३ सय ५० जनासम्म अटाउँछन् ।

एकैदिनमा एक सय ५० भन्दा बढी पर्यकटलाई सेवा दिन सकिने सञ्चालक सिबी थापाले बताए । 

प्याकेजको व्यवस्था 

भर्खरै मात्र सञ्चालन भएकाले रिसोर्टले विशेष प्याकेज भने बनाएको छैन। रिसोर्टमा माउन्टेन भ्यू रुममा एक रात बिताउँदा पाँचदेखि छ हजार रुपैयाँसम्म लाग्ने छ। त्यसमा ‘ब्रेक फास्ट’ पनि उपलब्ध हुने छ। 

पर्यटकका लागि धुलिखेल घुमाउने, मन्दिर दर्शन, हाइकिङ, साइकलिङ, भोटेकोशीमा र्‍याफ्टिङ लगायतका प्याकेज बनाउने तयारी भइरहेको सञ्चालक थापाले बताए । स्थानीय पर्यटन प्रबद्र्धन गर्ने र रिसोर्टको विजनेश बढाउने खालका प्याकेज बनाउने उनले बताए । 

रिसोर्टमा अर्गानिक कृषि फार्म, बालबालिकाका लागि मनोरञ्जनात्मक पार्कको निर्माण पनि भइरहेको छ। 

स्थानीय युवालाई प्रोत्साहन 

विजनेशसँगै ‘हिमालय दृश्य रिसोर्ट’ ले स्थायनीय युवालाई प्रोत्साहन पनि गरिरहेको छ। र, स्थायनीय युवाहरुलाई रोजगारी दिएको छ । रिसोर्टमा धुलिखेल वरपरकै ४० जना कर्मचारी कार्यरत छन् । 

स्थानीय निकायले पर्यटन प्रवद्र्धनमा खासै ध्यान नदिएको अर्का सञ्चालक श्यामकजी महत बताँउछन् । करोडौंको लगानी गरेर पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउनका लागि रिसोर्ट सञ्चालन गरिए पनि स्थानीय निकयाले सामान्य कुराहरूमा समेत सहयोग नगरेको उनले गुनासो गरे ।

कसरी पुग्ने ?

काठमाडौंबाट करिब ३१ किलोमिटरको दुरीमा धुलिखेल पर्दछ । धुलिखेल नपुग्दै करिब १ किलोमिटर बर रहेको हिमालय होराइजनबाट करिब ५ सय मिटर उकालो चढेपछि हिमालय दृश्य होटल पुग्न सकिन्छ । 
 

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्