Kathmandu Press

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, चैत्र ११ : इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ ।पुणेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई जितका लागि ३१८...
इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, चैत्र ११ : इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ ।

पुणेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो।  विशाल लक्ष्य पछ्याएको इङ्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो।

पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए। इङ्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए।

भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए। यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए।

प्रकाशित मिति: ०८:४० बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्