२४ घण्टामा भारतमा ४७ हजार कोरोना संक्रमित थपिए
काठमाडौ, चैत्र ११ : भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार २६४ जनामा संक्रमण भएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ करोड...
काठमाडौ, चैत्र ११ : भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार २६४ जनामा संक्रमण भएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ३३ हजार ५९४ पुगेको छ ।
हालसम्म भारतमा १ करोड १२ लाख ३ हजार १६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७० हजार १०१ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४४७ पुगेको छ ।
प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












