Kathmandu Press

लोकसेवा आयोग पदाधिकारीविहिन, नयाँ नियुक्तिमा पनि अन्यौल 

काठमाडौं, चैत्र ११ : आजदेखि लोकसेवा आयोगका पदाधिकारीविहीन भएको छ।६ वर्षअघि नियुक्त भएका अध्यक्ष उमेशप्रसाद मैनाली‚ सदस्यहरु विन्द्रा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार...
लोकसेवा आयोग पदाधिकारीविहिन, नयाँ नियुक्तिमा पनि अन्यौल 

काठमाडौं, चैत्र ११ : आजदेखि लोकसेवा आयोगका पदाधिकारीविहीन भएको छ।

६ वर्षअघि नियुक्त भएका अध्यक्ष उमेशप्रसाद मैनाली‚ सदस्यहरु विन्द्रा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, व्रह्मदेव राय र कृष्णचन्द्र झाको पदावधि आजदेखि सकिएको हो।

मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहीन हुँदा आयोगमा गम्भीर असर पर्ने अवस्था रहेको बताए। आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले प्रतिनिधि सभा बैठकमा टेबुल गरिएको छ जुन अध्यादेश फिर्ताको लागि माग समेत भईरहेको छ ।

आयोग पदाधिकारीविहीन हुँदा आयोगको काम कारवाहीमा गम्भीर असर पर्ने देखिएको छ। परीक्षा र नतिजा निकाल्ने काम कहिले रोकिएका छन्। 
 

प्रकाशित मिति: ०७:२८ बजे, बुधबार, चैत ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्