पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं, चैत्र ११ : पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल...
काठमाडौं, चैत्र ११ : पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा आंशिक बदलीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागको मौसम सफा रहेको छ। दिउँसो देशका पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।
बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











