Kathmandu Press

एक वर्षपछि यसरी फर्कियो दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल (फाेटाे फिचर)

चैतमा विश्वकप छनोटका खेल दशरथ रंगशालामा हुने भनिए पनि कोरोना महामारीका कारण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को त्रिदेशीय फुटबल आयोजना गर्दै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्काएको हो।
एक वर्षपछि यसरी फर्कियो दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल (फाेटाे फिचर)

काठमाडाैं, चैत १० : नेपालकाे एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालमा एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ। गत वर्ष साग खेलकुदको फुटबल फाइलनपछि दशरथ रंगशालामा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल भएको हाे।

चैतमा विश्वकप छनोटका खेल दशरथ रंगशालामा हुने भनिए पनि कोरोना महामारीका कारण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल आयोजना गर्दै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्काएको हो।

आजबाट सुरु भएको त्रिदेशीय फुटबल चैत १६ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी छन् । नेपाल र बंगलादेशको सिनियर टिम हो भने कीर्गिस्तानको ओलम्पिकको तयारी गरिरेको यू–२३ टिम हो ।

Hardik ivf

प्रतियोगिताको उद्घाटन खेलमा कीर्गिस्तानलाई आत्मघाती गोल मद्दतमा १–०ले हराउँदै बंगलादेशले विजयी सुरुआत गरेको छ । खेलमा ३०औं मिनेटमा किर्गिस्तानका कुमारवज उलु बैमानले आत्मघाती गोलमा बंगलादेश विजयी भयो ।

प्रतियोगिताको दोस्रो खेल बिहीबार नेपाल र कीर्गिस्तानबीच हुने छ। १४ गते नेपाल र बंगलादेश भिड्ने छन् ।

 

 

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्