Kathmandu Press

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्दै

काठमाडौं, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय भत्किएको थियो। त्यसपछि २०७२ साउन...
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्दै

काठमाडौं, चैत १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।

भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय भत्किएको थियो। त्यसपछि २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा सरेको थियो।

अब धुम्बाराहीबाट थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको एक नेताले बताए। उनका अनुसार बुधबार घरधनीसँग सम्झौता हुन लागेको छ।

अहिले दोस्रो चरणको चक्रपथ विस्तार भइरहेको छ। जसले गर्दा कार्यालय आउन जान अप्ठ्यारो भएपछि थापाथली सर्न लागिएको जनाएको छ।

एमाले नयाँ कार्यालय सार्ने जिम्मेवारी विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ। उनीहरुले नै थापाथलीमा कार्यालयका लागि कुराकानी गरेका हुन्।

एमालेले बल्खुस्थित कार्यालय पनि पुनःनिर्माण गर्ने भएको छ। त्यसको आगामी वैशाख ९ गते शिलान्यास गर्ने तयारी छ।

 

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्